स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो
मेरोन्यूज
२०८१ असार ९ गते १०:३१

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन् । विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आजयहाँ आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उहाँले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताए ।
सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । सचिव मैनालीले भने, “देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग चुनौती बनेका छन् । जथाभावी खानपानले रोग बढेको छ ।”
सातदिने शिविरमा सहभागी दुई सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनेछन् ।
सम्बन्धित














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया