सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ, बागमती प्रदेशबासी नआत्तिनुस् : मन्त्री श्रेष्ठ

हेटौँडा ।बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले विपद् सुरक्षा संस्कृति निर्माणका लागि विद्यालयसँग समन्वय गरेर विपद् सुरक्षा संस्कृति सम्बन्धि कार्यक्रम सुरु गर्न लागेको बताएका छन् ।
आइतबार हेटौंडामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको स्वयंसेवक तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले हाललाई पालिका स्तरसम्म स्वयंसेवक गठन गरी परिचालन गर्ने उद्देश्यले स्वयंसेवक तालिम कार्यक्रम सुरु गरेको बताए । उनले प्रदेश सरकारले आगामी दिनमा विपद् सम्बन्धि विषयगत स्वयंसेवकहरू वडावडासम्म गठन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइसकेको पनि जानकारी दिए ।
मन्त्री श्रेष्ठले सरकारले मनसुनजन्य सम्भावित जोखिमको आँकलन गरी पूर्वतयारीका लागि विभिन्न जिल्लाका २६ वटा पालिकामा बजेट पठाइएको बताए । उनले हेटौंडा, विदुर र धुलिखेलमा विपद् सामाग्रीहरू भण्डारण गरेको जानकारी दिए । त्यस्तै प्रदेश, जिल्ला र पालिकाहरूमा आपतकालीन कार्यसञ्चालन केन्द्रहरूलाई व्यवस्थित र सक्रिय बनाएको उनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले प्रदेशवासी सबैलाई मनसुनजन्य जोखिमबाट बच्न तयारी अवस्थामा रहनका लागि अपील समेत गरे । उनले प्रदेश सरकारले प्रतिकार्यका लागि पूर्वतयारी कार्य पुरा गरेकाले नआत्तिन अनुरोध गरे । उनले स्वयंसेवकहरूलाई स्वयंसेवक गठन तथा परिचालन कार्यविधि भित्र रही आधुनिक प्रबिधि र रैथाने ज्ञान, सीप र अनुभवको फ्युजन गरी उच्च स्तरको सेवा प्रदान गर्न आग्रह गरे ।
















साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया