स्तन क्यान्सरको ५ सुरुवाती लक्षणहरू

स्तन क्यान्सरबाट बच्न सबैभन्दा महत्त्वपूर्ण कुरा यसको प्रारम्भिक लक्षणहरू पहिचान गर्न सक्षम हुनु हो । यदि केही प्रारम्भिक लक्षणहरूको राम्ररी पहिचान भयो भने स्तन क्यान्सरलाई धेरै हदसम्म रोक्न सकिन्छ ।
विश्वभर हुने कुल क्यान्सरहरू मध्ये ३०% भन्दा बढी हुने क्यान्सर स्तन क्यान्सर हो । यससँगै स्तन क्यान्सरबाट हुने उच्च मृत्युदर पनि विश्वभरका महिलाका लागि ठुलो चिन्ताको विषय बनेको छ ।
तर, स्तन क्यान्सरको कुरा गर्ने हो भने यो क्यान्सरका लक्षणहरू अन्य क्यान्सरको तुलनामा धेरै पहिले देखि देखिन थाल्छन् । यदि समयमै यिनीहरूलाई राम्ररी अध्ययन गरियो भने यसले मृत्युको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सक्छ ।
किनभने स्तन क्यान्सरमा मृत्युको कारण प्रायः लक्षणहरूलाई बेवास्ता गर्नु हो । स्तन क्यान्सरको प्रारम्भिक लक्षणमा हुन सक्ने ५ लक्षणहरूको बारेमा तल चर्चा गरिएको छ ।
निप्पलमा जलन अनुभूति : निप्पल जलनको धेरै अन्य कारणहरू हुन सक्छ । तर निप्पल जलन पनि स्तन क्यान्सरको एक लक्षण हो । यसबाहेक निप्पलहरू हट्नु, निप्पलहरूमा चिलाउने र रातो दागहरू देखिने स्तन क्यान्सरका सामान्य लक्षण हुन् ।
स्तनमा गाँठो : सामान्यतया स्तन क्यान्सर स्तनमा गाँठो बनेर सुरु हुन्छ । स्तनमा कुनै प्रकारको गाँठो आएको छ भने ढिलाइ नगरी डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
स्तन आकारमा परिवर्तन : यदि स्तनमा अचानक परिवर्तनहरू देखिएको छ भने यो स्तन क्यान्सर तिर लाग्दै छ । भन्ने सङ्केत हुन सक्छ । जस्तै स्तनको आकारमा असमानता हुनु, स्तनको आकार एकतर्फ घट्नु स्तन क्यान्सरको लक्षणहरू पनि हुन ।
स्तनमा दुखाई वा असुविधा : स्तन छुँदा कुनै पनि प्रकारको दुखाइ हुन्छ भन ढिलो नगरी डाक्टरसँग परामर्श लिनु पर्छ । किनभने क्यान्सर सुरुमै रोकिएमा यो समस्या धेरै हदसम्म कम गर्न सकिन्छ ।
निप्पलबाट तरल पदार्थ बग्नु गर्भावस्था बिना नै स्तनबाट पानी वा अन्य कुनै तरल पदार्थ निस्किरहेको छ भने यो स्तन क्यान्सरको जोखिममा रहेको सङ्केत हो । यदि कुनै पनि प्रकारको अनावश्यक तरल पदार्थ देख्नुभयो भने ढिलाइ नगरी डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
–एजेन्सीको सहयोगमा










एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
रास्वपा केन्द्रीय समिति बैठक जारी
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया