गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ ।
पालिकाले सोही आबमा रु ३४ करोड ५५ लाख ७५ हजार विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ । समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए ।
चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । उहाँले भने– “उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व रु १६ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ११ लाख मात्र उठेको छ ।” आर्थिक वर्ष २०८१/८२ मा पालिकाले रु १८ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट रु पाँच करोड एक लाख ४४ हजार बेरुजु देखिएको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया