बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू

गुलरिया (बर्दिया) बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो ।
नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए । २४ सैँ घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । यसले खर्च र बाटोमै ज्यान गुमाउनुपर्ने जाखिम पनि थियो ।
अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेलले सर्पदंश उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरिएको बताए ।
“सर्पदंशको उपचार नहुँदा यस क्षेत्रका नागरिकले निकै कठिनाइ भोग्दै आएका थिए । समयमै उपचार नहुँदा ज्यान जाने जोखिम त थियो नै, नेपालगञ्ज जानुपर्ने भएकाले आर्थिक भार पनि उत्तिकै थियो । त्यही समस्या समाधान गर्ने उद्देश्यले सेवा सुरू गरेका छौँ”, उनले भने ।














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया