नवराजपुर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कुसियैत, इन्जिनियर कृष्णा साह, सव-इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूसँग जनहीँ १२ लाख ७ हजार २६० रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।
आर्थिक वर्ष २०७७/७८ मा नवराजपर गाउँपालिका-२ मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको बाटो ग्राभेल गर्दा भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरिएको घिमिरेले बताए।
बाटो ग्राभेल गर्दा सम्झौता र नापी किताबमा उल्लेख भए बमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराएको आरोप उनीहरूमाथि थियो।
उजुरीमाथि अनुसन्धान गर्दा ग्राभेल गर्दा वास्तविकभन्दा मूल्यांकन बढाएर झुटो भर्पाई गरी भुक्तानी गरेर प्रतिवेदन तयार गरेको पुष्टि भएको घिमिरेले बताए।
सो कार्यमा उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल, वडा नं. २ का तत्कालीन वडाध्यक्ष खुसिलाल साहको मिलेमतो देखिएपछि उनीहरूविरूद्ध पनि मुद्दा दायर गरिएको छ।
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया