मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ

मुगु। गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् ।
जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट हतियारसहित प्रहरीले छ जनालाई पक्राउ गरिएकामा प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता देखिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको बताए ।
गत जेठ १४ गते कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएको मौका छोपी आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ घर र एक गुम्बाबाट ३५ तोला सुन, नौ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, ९५ तोला मुगाको माला, यार्सा, मोबाइल र रु ५० लाख २५ हजार नगद लुटेको भनेर स्थानीयले प्रहरीमा उजरी गरेका थिए । घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट नेपाल आर्मीको ड्रेसलगायत सामान बरामद गरिएको छ । यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान ( बिक्री गरेर पश्चात जुम्ला प्रहरीमार्फत बरामद गरेको छ । प्रहरीकानुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनमा पुगी यस समूहले यार्सा सङ्कलन तथा व्यापारीबाट यार्सागुम्बा लुट्दै आएको थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया