बिहीबार, वैशाख ११, २०८२

कस्तो रहला तपाईंकाे आजकाे दिन ? हेर्नुहोस् राशिफल

मेरोन्यूज २०८१ असार २४ गते ८:०४

आजमिति २०८१ साल असार  २४ गते सोमवार  तदअनुसार जुलाई ८  तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल तृतीया तिथी, अश्लेषा नक्षत्र, । बज्र योग   ।  चन्द्र राशि कर्कट ।  यो   अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,
•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१५

  • सुर्यास्त: बेलुका ०७: ०३ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज समय राम्रो छ । आम्दानी बढ्नसक्छ ।  सन्तानबाट सुख प्राप्त हुनसक्छ ।  विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
शुभ रगं : कालो
शुभ अंक ; ८

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं : सुन्तला
शुभ अंक : ५

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं : चाँदी
शुभ अंक : ९

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ ।  मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।
शुभ रगं : वैजनी
शुभ अंक : १

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् ,  काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

शुभ रंग: रातो

शुभ अंक : ३

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।
शुभ रगं : रातो
शुभ अंक : ७

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय ठिकै छ ।  ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस। 
 शुभ रंग: हरियो

शुभ अंक : २

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं : हरियो
शुभ अंक : ४

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ ।  सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं : रातो
शुभ अंक : ४

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ  । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं : निलो
शुभ अंक :५

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय ठिकै छ  । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं : पहेलो
शुभ अंक : २

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ ।  सन्तानबाट सुख प्राप्त हुनसक्छ ।  विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं : कालो
शुभ अंक : ३

प्रतिक्रिया