पेटको बोसो घटाउने हाे ? पिउनुहोस् यी ३ चिज

काठमाडौं । आजकल पेटको बोसो बढ्नु सामान्य समस्या भएको छ । अधिकांशले यो समस्या भोगीरहेकै हुन्छन् ।
जंक फूड र तेलीलो खानाका कारण पेटमा बोसो बढ्ने समस्या हुन्छ । यसलाई घटाउनका लागि आहारमा सन्तुलन कायम राख्नु अति आवश्यक हुन्छ । पेटको बोसो घटाउन यी पेयहरू मध्ये कुनै एउटा एक महिनाको लागि नियमित रूपमा सेवन गर्न सकिन्छ ।
ज्वानो पानी
ज्वानोमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ जसले शरीरको बोसो घटाउन मद्दत गर्छ। हरेक बिहान बेलुका ज्वानो पानी पिउनु तपाईंको लागि निकै प्रभावकारी हुन सक्छ। यसका लागि दुई कप पानीमा एक चम्चा ज्वानोको दाना हालेर उमाल्नुहोस् । पानीलाई तबसम्म उमाल्नुस् जबसम्म त्योे आधा हुँदैन । यसरी उमालिएको जवानो पानी एक महिनासम्म दैनिकरुपमा बिहान खाली पेटमा पिउनुहोस्।
मेथी दानाको पानी
फाइबरले भरिपूर्ण मेथीको दानाले पेटको बोसो घटाउन धेरै मद्दत गर्छ। यो शरीरको तौल घटाउन पनि निकै प्रभावकारी हुन्छ । एक चम्चा मेथीको दानालाई रातभर पानीमा भिजाउनुहोस् र भोलिपल्ट बिहान खाली पेटमा यो पानी पिउनुहोस्। यो पानी दैनिक सेवन गर्न सक्नुहुन्छ।
कागतीको रस
कागतीको रस पनि पेटको बोसो घटाउन निकै प्रभावकारी हुन्छ । कागतीको रसले मेटाबोलिजम सुधार गर्दछ जसले शरीरको बोसो पग्लन्छ । हरेक बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस मिसाएर आधा चम्चा मह मिसाएर खानुहोस् । तपाईंले आफ्नो पेटको बोसो बिस्तारै घट्दै गएको देख्नुहुनेछ।













One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया