भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु
मेरोन्यूज
२०८१ असार २४ गते १८:५७

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।
“विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एकरएक जनाको मृत्यु भएको छ”, मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ ।
हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।
सम्बन्धित















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया