मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ

मुगु । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका वडा नं. ०१ डोल्फु गाउँको २४ वटा घर र एउटा सार्वजनिक गुम्बा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा जेठ १२ गते राती बिष्णु बहादुर बुढा समेतका ७/८ जना अपरिचित व्यक्तिहरूको समुहले गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।
उनीहरुले अन्दाजी सुन ३५ तोला, चाँदी ९९४.५ तोला, बुद्धको मुर्ति-२, रिणमोक्षको मुर्ति-१, मुगाको माला अं.९५ तोला, यार्सा, मोबाईल, नगद ५० लाख २५ हजार समेतका धनमालहरु लुटी फरार रहेका व्यक्तिहरु मध्ये तीनजना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले मुखमा मास्क लगाई हातहतियार सहित गाउँमा प्रवेश गरी गोली पड्काई केही स्थानीय मानिसहरूलाई कुटपिट समेत गरी डरत्रासमा पारी चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया