अभिनयमा ‘कमब्याक’ तीन अभिनेत्री, कुनैबेला धेरैले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ ?

काठमाडौँ । केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदै छन् ।
पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेकी छन् । यसपटक उनले मुख्य भूमिकामा अभिनय गरेकी छन् ।
विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उनी चलचित्रबाट टाढा रहेकी थिइन् ।

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदैछिन्, अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्ने अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दैछिन् ।
उनले छायाङ्कन गर्न तयार गरिएको ‘सेट’ मा फर्किदा महसुश भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् । “अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ । अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु”, अभिनेत्री लम्सालले भनिन्, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।” अब भने अभिनयलाई निरन्तरता दिने उनले बताइन् । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ ।

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्कीएकी छन् । “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन्”, अभिनेत्री थापाले भनिन् ।

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’ मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन्। यद्यपि उनी पनि अभिनेत्री थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सकेकी छैनन ।

यी अभिनेत्रीहरू अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता हुन्छ वा हुँदैन भन्ने प्रश्नको जवाफ उनीहरूसँग पनि छैन । यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया