तौल घटाउन चाहनुहुन्छ ? खानुहाेस् यी ३ चिज

आजको समयमा तौल घटाउनु निकै चुनौतीपूर्ण काम हो । धेरैजसो स्वास्थ्य विज्ञहरूले तौल घटाउन कम क्यालोरी भएको खानेकुरा खान सल्लाह दिन्छन्। यसले शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन नदिई तौल घटाउन सकिन्छ ।
यी हुन् कम क्यालोरी भएका खानेकुरा :
काँक्रो
तौल घटाउनका लागि कम क्यालोरीयुक्त खानेकुराको सूचीमा काँक्रो शीर्षमा आउँछ। यसको सेवनले तौल धेरै हदसम्म कम गर्न सकिन्छ । यसमा प्रशस्त मात्रामा पानी हुन्छ जसले शरीरलाई हाइड्रेटेड राख्छ । यसको सेवनले छालालाई पनि फाइदा गर्छ ।
स्याउ
कम क्यालोरीयुक्त खानेकुरा भएकाले तौल घटाउन स्याउ पनि उत्कृष्ट विकल्प भएको स्वास्थ्य विज्ञहरू बताउँछन् । धेरै रिपोर्टका अनुसार एक कप अर्थात् १०९ ग्राम स्याउमा ६२ क्यालोरी मात्र हुन्छ । यो कम क्यालोरीयुक्त खाना मात्र होइन, फाइबर, भिटामिन सी र पोटासियम जस्ता धेरै आवश्यक पोषक तत्वहरूको भण्डार पनि हो। यसबाट तपाईंले फ्लेभोनोइड क्वेर्सेटिन जस्ता एन्टिअक्सिडेन्टहरू प्राप्त गर्न सक्नुहुन्छ। जसले तपाईको बढ्दो तौललाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छ।
ब्रोकाउली
ब्रोकाउली पौष्टिक तत्वले भरिपूर्ण सुपर फूड हो । यसको सेवनले तौल घटाउन धेरै मद्दत गर्छ, साथै मधुमेह जस्ता रोगहरूमा पनि फाइदाजनक हुन्छ । ब्रोकाउली खानाले मुटु रोगको जोखिम पनि कम गर्न सकिन्छ । एक कप पकाएको ब्रोकाउलीबाट लगभग ५४ क्यालोरी प्राप्त हुन्छ। साथै भिटामिन सी र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व प्राप्त गर्न सकिन्छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया