झापा र चितवनबाट अवैध लागूऔषध सहित ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले झापा र चितवनबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।झापाको भद्रपुर नगरपालिका-५ भद्रपुर बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित भारत बिहार किसनगंज कोचाधामन थाना पटकोईहाट पञ्चायत-५ बस्ने २२ वर्षीय आलिम आलमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम र मोबाइल १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ईलाम घर बताउने २५ वर्षीय सन्तोष कुमार एक्तेन लिम्बु र उनकी श्रीमती २४ वर्षीया सनिता राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका-१९ शारदानगर हेल्थपोष्ट चोक स्थित सोफीकटेज एण्ड रेस्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम र नगद ४ हजार ५० रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय विश्व राना मगर र २६ वर्षीय देव गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया