तनाव कम गर्न आफूलाई माया गर्न सिकौँ

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा आयोजित ‘भावनात्मक बुद्धिमता र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा प्राज्ञ डा. भागवत आचार्यले तनाव व्यवस्थापन गर्न आफूलाई माया गर्न सक्नुपर्ने बताएका छन् ।
सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, “हामीले अपेक्षा गरेका कार्यहरु पूरा नहुँदा तनाव हुने गर्दछ, तनावलाई जरैदेखि उखेलेर फाल्ने, तनावलाई स्वीकार गरेर अघि बढ्ने, छलफल गरेर निष्कर्ष निकाल्ने, आफैँलाई प्रेम गर्ने, मनको कुरा अरुलाई बाँड्ने गर्नुपर्छ ।” उनले धैर्यताले पनि तनाव व्यवस्थापनमा भूमिका खेल्ने भन्दै विपश्यनाले तनावलाई कम गर्न सहयोग गर्ने धारणा राखेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भुपाल राईले भने, “तनावग्रस्त समाजले देशलाई अगाडि बढाउन सक्दैन, अहिले देशमा भ्रष्टाचार मौलाएकोे देखिन्छ त्यसले कसरी देशमा परिवर्तन आउन सक्छ रु मानव दिनचर्यासँग जोडिएको यो विषयमा छलफल गरिराख्नुपर्छ ।”
सदस्यसचिव डा धनप्रसाद सुवेदीले विश्वमा जति सुखसुविधा मानिसले भोग गरिराखे पनि तनाव व्यवस्थापनमा भने चुकेको बताए ।
प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख डा .कौशिला रिसाललगायत कार्यक्रममा प्राज्ञ परिषद् सदस्यको उपस्थिति रहेको थियो ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया