यात्रुबाहक बस बगाएको घटनाले नेकपा स्तब्ध, उद्धारमा जुट्न विप्लवको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुई वटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले २ वटा यात्रुबाहक यातायातका साधनलाई पहिरोले बगाउँदा ५ दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् ।
विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘केहि दिनदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो, डुबान र कटानले देशब्यापी ठूलो धनजनको क्षति भएको छ ।’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरुको उचित क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।’
विप्लवले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशनसमेत दिएका छन् । ‘पार्टीका सबै नेता–कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ ।’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया