नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रुको भएको पुष्टि

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेलापरेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए ।
“नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ,” प्रहरी नायब उपरीक्षक रिजालले भने । शव परीक्षणका निम्ति भरतपुर अस्पतालको शवगृहमा राखिएको उनले बताए ।
ऋषिपलले नेपालमा बसेर काम गर्दै आएका उनका दाइ सत्यपाल साहले बताए । सत्यपालले शनिबार बिहान फेलापरेको शव भाइ ऋषिपलको भएको पुष्टि गरे ।
भारतको मोतिहारी, राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट रौतहटको गौर जान गणपति डिलक्स चढेका थिए ।
काठमाडौंबाट आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । वाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।
भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी दुई यात्रुवाहक बस त्रिशूलीमा खसेका थिए । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट वाग्मती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रुको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्रु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।
बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया