पहिरामा परी मृत्यु भएकाको परिवारलाई राहत

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले गत असार २७ गते राति पहिरामा परी मृत्यु भएकाहरुको परिवारलाई आज राहत रकम प्रदान गरेको छ ।
पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो । घटनामा परेका १८ वर्षीया अनिता ओझा र ११ वर्षीया अनुष्का ओझाका परिवारलाई प्रशासनबाट रु तीन लाख राहत प्रदान गरिएको हो ।
यसैगरी सोही घटनामा परी मृत्यु भएका नौ वर्षीय प्रतीक सुवेदीको परिवारलाई रु दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।
सो राहत रकम प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मृतकहरुको स्थायी घर रुपा गाउँपालिका–२ पेलुङ्गा पुगेर प्रदान गरेका हुन्। अनिता र अनुष्काका बुबा शिवराज ओझा र प्रतिकका बुबा पुष्पराजले राहत रकम बुझेका थिए ।
चैनपुर पहिरोमा परी घाइते हुनुभएका आरती ओझाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया