जलेश्वरमा डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ

जलेश्वर । प्रहरीले एक डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बिजेन्द्र पासवान छन् ।
२२ वर्षसम्म विभिन्न सात ठूला डकैतीमा संलग्न पासवान फरार थिए । उनलाई गएराति करिब ११ बजे महोत्तरी र सर्लाहीको सीमानाका पर्ने महोत्तरीको सोनमा गाउँपालिका–५ शीतलपुरबाट पक्राउ गरिएको हो ।
प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका पासवान सो क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीसँग जम्काभेट भएको थियो । उक्त जम्काभेटमा बिजेन्द्र उम्कन खोजेपछि नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली घुँडामुनी हानेर नियन्त्रणमा लिएको हो ।
गोली प्रहारबाट घाइते बिजेन्द्रको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । उनले पटक–पटक गरी महोत्तरीमा–२, बारामा–२, सिरहामा–१, सर्लाहीमा–१ र सिन्धुलीमा–१ गरी सातवटा लुटपाट तथा डकैतीमा संलग्न रहनुका साथै विभिन्न व्यक्तिलाई हात हतियारबाट घाइते बनाएको निजको आपराधिक अभिलेखमा रहेका प्रहरीले जनाएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया