सोमबार, पुष २१, २०८२

सरकारको पहिलो निर्णय : कीर्तिपुर मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाइने

मेरोन्यूज २०८१ असार ३१ गते १९:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ ।

साेमबार पदभार ग्रहण गरेपछि ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्- ‘पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ’।

प्रतिक्रिया