रौतहटमा करेन्ट लागेर युवकको मृत्यु

रौतहट । रौतहटमा अरूको खेत हुँदै लागिएको विद्युतीय तार काल साबित भएको छ, आफ्नै खेतमा काम गरिरहेको क्रममा करेन्ट लागेर सोमवार दिउसो एकजना युवकको मृत्यु भएको छ ।
स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाहीटोलका कु्ती हजराको छोरा बर्ष ४५ को चुनिलाल पासवानको आफनै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको खेतहुँदै छिमेकी रामदरेश राय यादवले जडानगरि लगेको मोटरको तारबाट करेन्ट लागि दिउँसो १ बजेर २० मिनेटमा घाईतेभएका थिए । लगत्तै सुरक्षा बेश देवाहीबाट इन्स्पेक्टर उत्तम कुमार श्रेष्ठको कमाण्डमा ४ जना , ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशराम कार्कीको कमाण्डमा ४ जनाको टोली खटिएर घाईते पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित ग्राण्डी अस्पतालमा लगेकोमा आधा घण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मुत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले पासवानको खेतहुँदै मीटरको तार लागेका रामदरेश राय यादव हाल फरार रहेकाले उनको खोजी भईरहेको,शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
















एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
Two die in motorcycle accident in Dang
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित
काठमाडौँ–१० मा स्थानीय उम्मेदवारका स्थानीय ‘एजेन्डा’
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
प्रतिक्रिया