कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते
मेरोन्यूज
२०८१ असार ३१ गते २१:४५

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–५ आरसिपी बजार नजिकै ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रास्कोट नगरपालिकाको आरसिपी बजारबाट फुकोटतर्फ जाँदै गरेको भे२च २६१२ नम्बरको ट्र्याक्टर आरसिपी बजार नजिकैको मोडमा दुर्घटना हुँदा घाइते भएका तीनमध्ये सुर्खेत घर भएका चालक वीर परियारको उपचारका लागि सुर्खेत लैजाने क्रममा आज बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रास्कोट–२ सिप्खानाका १७ वर्षीय नम सार्की र रास्कोट नगरपालिका– ५ साहुवाडाका २२ वर्षीया प्रकाश तिरुवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए । दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
सम्बन्धित


















बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया