शाहरुखकाे फिल्ममा भिलेन बन्दै अभिषेक बच्चन
मेरोन्यूज
२०८१ साउन १ गते १४:१०

काठमाडाैं । शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म ‘किङ’को तयारीमा व्यस्त छन् । फिल्ममा शाहरुखकी छोरी सुहाना खान पनि देखिँदैछिन् ।
हालै शाहरुख लण्डनमा जारी सुटिङ छाडेर अनन्त–राधिकाको विवाहमा सहभागी हुन भारत आएका थिए ।
यसैबीच फिल्ममा अभिषेक बच्चनलाई पनि कास्ट गरिएको खबर आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिषेकले फिल्म साइन गरिसकेका छन् । फिल्ममा उनी खलनायकको भूमिकामा देखिनेछन् ।
‘किङ’ भन्दा पहिले अभिषेक बच्चन र शाहरुख खान २ फिल्ममा सँगै देखिएका थिए । यी दुई पहिलो पटक सन् २००६ मा आएको फिल्म ‘कभी अलविदा ना कहना’मा सँगै देखिएका थिए । त्यसपछि यी दुबै फिल्म ‘ह्याप्पी न्यू इयर’मा पनि सँगै देखिएका थिए । अभिषेकले शाहरुखको फिल्म ‘ओम शान्ति ओम’मा पनि क्यामियो गरेका छन् ।
सम्बन्धित
















आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया