फेसबुक स्टन्ट गर्दा उपप्रधानमन्त्री सिंह विवादमा

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीमा नियुक्त प्रकाशमान सिंहले फेसबुक स्टन्ट गर्दा मन्त्री भएकाे दाेस्राे दिनमै विवादमा तानिएका छन् ।
खासमा साेमबार उपप्रधानमन्त्री नियुक्त भएका सिंहलाई मङ्गलबार बधाई दिन नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर , सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा मन्त्रालयमा पुगेका थिए ।
त्यही शिष्टाचारभेटलाई उपप्रधानमन्त्री सिंहले आफ्नो पदीय मर्यादा बिर्सँदै तीनवटै सुरक्षा निकायका प्रमुखलाई बाेलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएकाे भन्दै फेसबुक स्टन्ट गर्न खाेजे ।
उनको स्टाटससँगै अहिले फेसबुकभरी उपप्रधानमन्त्री सिंह सहरी विकासमन्त्री हुन् कि गृहमन्त्री हुन् भन्दै खिल्ली उडाइरहेका छन् ।
आफुलाई बधाई दिन आएकालाई निर्देशन दिएको भन्दै स्टाटस लेखेपछि उनले आफ्नो पदीय गरिमा राख्न नसकेको भन्दै आलोचना समेत भएको छ ।
जवकी गृहमन्त्री कांग्रेसकै रमेश लेखक छन् । शक्तिका हिसाबले कांग्रेस सभापति शेरबहादुर देउवाका पत्नी आरजु राणानै मन्त्रीमण्डलामा छन् ।
यस अवस्थामा सिंहले सुरक्षा निकायमा कुनै ठुलाे प्रभाव पार्न सक्ने हैसियतमा छैनन् । त्यस्तै उनकाे साेही फेसबुक स्टाटसकाे फाेटाेमा समेत चर्काे आलोचना भइरहेको छ । बधाई दिन आएका प्रहरी प्रमुखले बुके उपहार दिँदा सामान्य शिष्टाचारसमेत नराखी बसेरै फूल लिएका छन् ।
गणेशमान सिंहका छाेरा प्रकाशमान सिंहले सामान्य व्यवहार नदेखाएर राजसी व्यवहार देखाएकाे भन्दै आलोचना भइरहेकाे छ । गत कांग्रेस महाधिवेशनमा गुट फेरेर कांग्रेस सभापतिमा देउवालाई सघाए बापत पुरस्कार स्वरुप अहिले उपप्रधानमन्त्री पाएका सिंहले पदलोलुप देखाउँदै मध्यम मन्त्रालय मानिने सहरी विकासमन्त्रालयमा चित्त बुझाएको आरोप लागेको छ ।

















विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया