काजु खेतीमा उपमेयर
मेरोन्यूज
२०८१ साउन ३ गते १९:१५

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्ले काजु खेतीमा पुगेकी छन् । अनुगमन समिति संयोजक काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको अनुगमन गरेका हुन् ।
पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्ले आज सोको अनुगमन गर्न गएकी हुन् ।
अनुगमनको क्रममा पोख्रेलले भने–‘मैले यो काजुको विरुवा भारतबाट ल्याएको हुँ, ३ वर्षपछिदेखि फल्न सुरु गर्यो, अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको छ ।’ पोखरेलले नगरसँग समन्य गरी काजु खेतीलाई प्रोत्साहन गर्न काफ्लेलाई अनुरोध गरे ।
कृषि शाखा प्रमुख सविना राई सहितपुगेकी काफ्लेले नगरमा सल्लाह गरेर काजु खेतीका लागि पनि प्रोत्साहित हुनेगरी कार्यक्रमहरू ल्याइने प्रतिवद्धता जाहेर गरिन् ।
सम्बन्धित
















रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया