म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप लगाइयो

म्याग्दी। म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्न जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप अभियान सञ्चालन गरेको हो ।
आर्थिक वर्ष २०८०-८१ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत एक लाख १३ हजार तीन सय ११ गाईभैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्धको छ प्रकारका खोप लगाइएको केन्द्रका पशुसेवा प्राविधिक गणेश रिजालले जानकारी दिए।
१५ हजार एक सय ९८ गाई र २३ हजार दुई सय ७१ भैँसीलाई खोरेत विरुद्धको एफएमडी र आठ हजार छ सय गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । पाँच हजार दुई सय ५० गाई, भैँसीलाई भ्यागुते र चरचरे विरुद्धको एचएसबीक्यु खोप लगाइएको छ ।
४४ हजार तीन सय ३८ बाख्रा र ११ हजार तीन सय ७९ भेडालाई पीपीआर विरुद्धको खोप लगाइएको पशुसेवा प्राविधिक रिजालले बताए । यसैगरी तीन हजार सात सय ४७ कुकुर र ७८ बिरालोलाई रेबिज विरुद्धको एआरभी खोप लगाइएको छ ।
कृषकका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्यांक संकलन, खोपकर्ता नियुक्ति, जनप्रतिनिधि र अगुवा कृषकलाई अभिमुखीकरण गरी खोप लगाउन एक सय १८ जना प्राविधिक परिचालन गरिएको थियो ।
पशुजन्य रोगको महामारीको जोखिममा रहेका बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा दुई चरणमा खोप अभियान सञ्चालन भएको भेटेरिनरी अस्पतालले जनाएको छ । पूर्ण खोप अभियानका लागि एक वडामा भूगोल र पशुसङ्ख्याको आधारमा दुईदेखि तीन जना प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी रहेको पशु प्राविधिकहरू बताउँछन् ।
पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय, खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको केन्द्रका प्रमुख डा भरत रेग्मीले बताए ।
गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पछिल्लो तीन वर्षयता प्राथमिकताका साथ पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ ।
















काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया