ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन- युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने टिप्पणी गरेका छन् ।
बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको बताउदै ट्रम्पले जितेमा काम गर्न सहज नहुने बताएका हुन् ।
राष्ट्रपतिका उम्मेदवार ट्रम्पसहित उपराष्ट्रपतिका उम्मेदवार बनेका ओहायोका सिनेटर जेडी भान्सले पनि युक्रेनमा के हुन्छ भन्ने वास्ता नगर्ने बताउदै युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा रहेका छन् ।
अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका फेरि बढेको छ ।
जेलेन्स्कीले बीबीसीलाई युक्रेनमा वास्तवमा के भइरहेको छ भन्ने थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताए ।
हाल बेलायतमा रहेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टाररलाई पनि भेटेका थिए, जसले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन् ।
















रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया