आइतबार, वैशाख २७, २०८३

सञ्चार समस्याले युरोप र अमेरिकाका विमानस्थल बन्द

मेरोन्यूज २०८१ साउन ४ गते १४:४७

Advertisement
NiccNicc

सिड्नी । अस्ट्रेलियाको सूचना प्रविधि (आईटी) क्षेत्र आम रूपमा अचानक अवरुद्ध भएको छ । यसको चर्को प्रभाव मुख्य बैंक, मिडिया आउटलेट र बिमान कम्पनीहरूमा नराम्रोसँग परेको छ ।

उडानहरू राेकिएका छन् । सुपरमार्केटमा चेकआउटको समस्या परेको छ । कम्प्युटरले काम गरेका छैनन् भने ब्रोडकास्ट नेटवर्कमा समस्या आएको छ ।

आईटीको समस्याका कारण अस्ट्रेलियाबाट अमेरिका आउनुपर्ने उडान पनि ढिलाइ भएको छ । कतिपय रद्ध नै गरिएका छन् ।
 
आईटी क्षेत्र अवरुद्ध हुनुको कारण स्पष्ट भइसकेको छैन । यद्यपि, धेरैजसो समस्या भोग्नेहरूले माइक्रोसफ्ट पीसी अपरेटिङ सिस्टमको समस्या भएको बताएका छन् । 

प्रतिक्रिया