मोहना नदीमा अलपत्र परेकाहरुको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार
मेरोन्यूज
२०८१ साउन ४ गते १८:५५

धनगढी । बर्षासँगै कैलालीको मोहना नदीमा आएको बाढिमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरु सो नदिमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।
उनीहरु नदिपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलवारीबाट खटिएको सुरक्षा फौजले र्याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।
यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाँउमा खटिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका ७ घरपरिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया