सिसन बानियाँले खोले फिल्म कम्पनी

काठमाडौं । चर्चित भ्लगर सिसन बानियाँले फिल्म निर्माण कम्पनीको घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालबाट उनले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’को घोषणा गरेका हुन् ।
‘फ्रिलान्सरको रुपमा वर्षौं बिताएपछि लगभग एक दशक युट्युब सामग्री, निर्माता, यात्रा भ्लगरको रूपमा काम गरें, ‘मलाई लाग्छ यो समय अब मेरो जीवनको सबैभन्दा ठूलो सपनातर्फ कदम चाल्ने समय हो । तपाईंहरु सबैसामु प्रस्तुत गर्छु- रेनवेभ पिक्चर्स’ सिसनले सामाजिक सञ्जालमा लेखेका छन्।
सिसनले यसअघि फिल्म ‘होलटाइमर्स’ निर्माण गरिसकेका छन्। यो फिल्मलाई पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेका छन् ।
यो कम्पनी पटकथा लेखक, छायाकार, अभिनेता, निर्देशक, निर्माताजस्ता महत्वाकांक्षी फिल्ममेकरलाई एकठाउँमा ल्याउने प्लाटफर्मको रुपमा रहने सिसनले उल्लेख गरेका छन् । आगामी जाडोयाममा अर्को एक फिल्म बनाउने पनि उनले बताएका छन्।










सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया