बुटवल-पाल्पा सडकखण्ड भासिएपछि बन्द गरेर निर्माण गरिँदै
मेरोन्यूज
२०८१ साउन ८ गते २१:२२

बुटवल। बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राती ९ बजेदेखि अर्कोदिन बिहान ६ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको छ ।
उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको छ । यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो ।
अहिले सडक एकतर्फी मात्र संचालनमा रहेकोले बुधबार राती पूर्ण रुपमा सडक बन्द गरेर मर्मत गरिने जानकारी दिइएको छ ।
सम्बन्धित
















पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया