पपुवा न्युगिनीमा भएको झडपमा २६ जनाको मृत्यु

पपुवा न्यू गिनीको पूर्वी सेपिक प्रान्तमा भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा २६ जनाको सामूहिक हत्या भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
समाचार संस्था, नेशनलका अनुसार प्रान्तको अङ्गोरम क्षेत्रको सेपिक नदी किनारमा रहेका तामारा, ताम्बरी र अग्रुमारा गाउँहरूमा भएको झडपले हत्या, बलात्कार र सम्पत्तिको विनाशको अवस्था निम्त्याएको हो ।
तीस जनाभन्दा बढी स्थानीय युवाहरूलाई उक्त घटनाको दोषी ठहराइएको नेशनलले जनाएको छ ।
सामूहिक हत्या र सम्पत्ति विनाश हुने गरी भएको झडप भूमि विवादसँग सम्बन्धित रहेको अङ्गोरमका सांसद सालियो वाइपोले जानकारी दिएका छन् ।
वाइपोले ३३ जना संदिग्ध आक्रमणकरीहरूको पहिचान गरिएको र अनुसन्धानका लागि प्रहरी टोली तैनाथ गरिएको खुलासा गरे ।
उनले पीडितका परिवारलाई शान्त रहन आह्वान गर्दै आवश्यक सहयोगका लागि तोकिएको प्रहरी अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
पपुवा न्युगिनीको उत्तरपूर्वी तटमा अवस्थित ४३ हजार वर्ग किलोमिटरमा फैलिएको पूर्वी सेपिक प्रान्तको अनुमानित जनसङ्ख्या चार लाख ३३ हजार ४८१ रहेको छ ।
















क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया