भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना

भोजपुर। । सामुदायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आय मूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ । नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउँदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आयस्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो ।
सामुदायिक वनको विकाससँगै उपभोक्ता समितिलाई सक्रिय बनाउन कार्यालयले सामुदायिक वनमा नर्सरी स्थापनाको कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा दुईवटा सामुदायिक वनमा ४० हजार विरुवा उत्पादनसँगै खाली जमिनमा रोप्न नर्सरी स्थापना गरेको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले जानकारी दिए । स्थापना गरिएका नर्सरीबाट सामुदायिक वन आफैँले रोपन तथा निःशुल्क रूपमा वितरण गर्नसक्ने उनको भनाइ छ ।
‘सामुदायिक वनको विकाससँगै नाङ्गा पाखा तथा खाली स्थानमा वृक्षरोपन गर्ने उद्देश्यले नर्सरी स्थापना गरिरहेका छौँ,’ प्रमुख शाहले भने, ‘दुईवटा सामुदायिक वनमा ४० हजार बिरुवाको नर्सरी स्थापना गरिएको छ । खाली जमिनलाई हरियाली बनाउन यस्ता कार्यक्रमलाई आउँदा दिनमा पनि सञ्चालन गर्ने कार्यालयको लक्ष्य छ ।’
दिगो आम्दानीको स्रोत नहुँदा कतिपय सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सञ्चालन तथा विधिविधान निर्माणमा समस्या भइरहेको कार्यालयले जनाएको छ । उक्त समस्या समाधानका लागि सामुदायिक वनलाई उत्पादनसँग जोड्ने किसिमका कार्यक्रममा जोड दिँदै आयस्तरमा सुधार गर्न बिरुवा रोपन थालिएको प्रमुख शाहले बताए ।
सामुदायिक वनमा नर्सरी स्थापना कार्यक्रम अन्तर्गत हतुवागढी–२ को शिवालय सामुदायिक वन र टेम्केमैयुङ गाउँपालिका–३ को हर्कटे आमलाला सामुदायिक वनमा नर्सरी स्थापना गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले बताए । विभिन्न जातका ४० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यअनुसार कार्यालयको रु चार लाख बजेटमा यहाँ नर्सरी स्थापना गरिएको उनले जानकारी दिए ।
उत्पादन भएका बिरुवालाई खाली तथा नाङ्गा पाखामा रोपिने शिवालय सामुदायिक वनका अध्यक्ष यदुराज थापाले जानकारी दिए । फलफूल जातका बिरुवासँगै जडीबुटीजन्य बिरुवाको नर्सरी स्थापना गरिएकाले यसले वन क्षेत्रको विकाससँगै समितिको आम्दानी वृद्धि हुने अपेक्षा लिइएको उनले बताए । नर्सरीमा फलफूलजन्य टिमुर, जामुन, बडहर, रिठा, रुद्राक्ष चिउरी, टाकी, सल्लालगायत बिरुवा रहेका छन् ।
















झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया