मनोहरा खोलाले कटान गरेको ठाउँमा अस्थायी तटबन्ध, अवरुद्ध बाटो खुलाईयो

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले कटान गरेको ठाउँहरुमा अस्थायी तटबन्ध निर्माण गर्नुकोसाथै पहिरोले अबरुद्ध भएको सडक खुलाएको छ ।
मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलाले कटान गरेको डिप बोरिङ्गमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यस्तै मध्यपुरथिमी नगरपालिका–९ र काठमाडौंको कागेश्वरी नगरपालिका–७ को बीच भागमा रहेको मनोहरा पुल नजिकैको खाजा घरमा अविरल वर्षासँगै आएको बाढिले कटान गरेपछि जेसीबीको सहयोगमा सो ठाउँमा अस्थायी तटबन्ध निर्माण गरेको हो ।
त्यसैगरी मध्यपुरथिमी नगरपालिका–९ स्थित गणेश मन्दिर जाने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अवरुद्ध भएको सडक खुलाईएको हो ।
यसैगरी दिपज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र चाँगुनाराण नगरपालिका वडा नं. ३ झौखेलको संयुक्त आयोजनामा साउन १० गते बृक्षारोपण गरिएको छ ।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित वडा कार्यालयको परिषरमा गरिएको बृक्षारोपण कार्यक्रममा नं. २२ गुहेश्वरी गण दुवाकोटका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीलाई विपद् उद्धार तथा व्यवस्थापनमा पुर्याएको योगदानको कदर गरी वडा कार्यालयले सम्मानपत्र प्रदान गरेको छ ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया