भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर वरपर भ्वाङै भ्वाङै परेको छ। घरको केही भागको माटो कटान गरेर घर भत्किने जोखिम छ।
गत असार तेस्रो साता आएको बाढीले घर वरपरको जमिन कटान गरेको चन्द बताउँछन्।
‘अविरल वर्षापछि निर्माणाधीन महाकाली तेस्रो चरणको नहर भरिएर बस्तीतिर पस्यो। त्यही बाढीले कटान गर्दा घर भत्किने डर छ’, उनले भने।
बाढीले कटान गरेर घर जोखिममा परेको एक महिना पुग्नै लाग्दा पनि तटबन्धन निर्माण हुन नसक्दा डराइडराइ बस्नुपरेको उनको गुनासो छ।
‘तटबन्ध निर्माणका लागि बारम्बार माग गरिरहेका छौँ। तर हाम्रो पीडा कसैले सुनेन’, उनले भने, ‘पानी पर्दा कुन बेला घर तहसनहस पार्छ, डराइडराइ बस्नुपर्ने बाध्यता छ।’
भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन्। कटान गरेर भ्वाङ्ग पारिएको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ।
‘अस्थायी तटबन्ध निर्माण गरे केही राहत हुन्थ्यो। तटबन्ध नहुँदा त्रिपाल टाग्नुपर्ने बाध्यता छ’, स्थानीय मोहन नाथले भने, ‘आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन।’
स्थानीयले अस्थायी तटबन्ध निर्माणको माग गरेका छन्।
‘यहाँ खोला नदी केही छैन। कहिल्यै बाढी आएको थिएन। पानीले नहर भरिएपछि बस्तीतिर आएर क्षति पुर्याएको हो,’ तुम्णानीकी राजमतीदेवी विष्ट भन्छिन्, ‘यस्तो घरमा जोखिम मोलेर कसरी बस्ने?’
उनका अनुसार कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ। बाढीले दुई कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको स्थानीय भुवन सिंह धामीले बताए।
चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव र महेन्द्रनगर जोड्ने सडकमा पनि क्षति पुगेको छ। थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ राम नाथले जानकारी दिए।
भीमदत्त नगरपालिका–९ स्थित स्थानीय थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाउँदा भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक सम्बन्ध विच्छेद भएको छ।
‘कल्भर्ड भत्किएको छ। गाडी सञ्चालन गर्न सकिने अवस्था छैन’, नाथले भने, ‘कल्भर्ड भत्किएको ठाउँनिर हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।’
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया