शनिबार, वैशाख २६, २०८३

ओलम्पिक उद्घाटनकाे उल्लासमा पेरिस (तस्बिरहरू)

मेरोन्यूज २०८१ साउन १२ गते १०:४०

काठमाडौं । ओलम्पिक खेलको इतिहासमा पहिलोपटक रंगशालाबाहिर उद्घाटन समारोह भएको छ ।

Advertisement
NiccNicc

३४औँ संस्करणको उद्घाटन अहिलेसम्मकै नौलोपना दिलाउन आयोजक राष्ट्र फ्रान्सले रंगशालाबाहिर उद्घाटन समारोह राखेको हो । विश्वचर्चित आइफल टावर हुँदै बग्ने सेन नदीमा ओलम्पिकको भव्य उद्घाटन भएको हो ।

सय वर्षपछि फ्रान्सले तेस्रोपटक आलम्पिक आयोजना गर्ने अवसर पाएको हो । 

नेपाली समयअनुसार शुक्रबार ११:१५ बजे सुरु भएको उद्घाटन समारोहमा एक सय २० भन्दा बढी राष्ट्रका विशिष्ट नेता तथा प्रशासकीय अधिकृत सहभागी भएको एजेन्सीले जनाएको छ ।

उद्घाटन समारोहमा कडा सुरक्षा व्यवस्था मिलाएको थियो । तीन लाखभन्दा बढीले प्रत्यक्ष रूपमा अवलोकन गरेको उद्घाटन समारोह दुई घण्टा लामो समयसम्म चल्यो । फ्रान्सले ओलम्पिकको नारा ‘गेम्स वाइड ओपन’ राखेको छ । १६ दिनसम्म चल्ने ओलम्पिकमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्‌ । पछिल्ला संस्करणमा जस्तै नेपाली टोलीमा खेलाडी, प्रशिक्षकभन्दा अफिसियल बढी रहेको भन्दै एनओसीको आलोचना हुँदै आएको छ । पेरिसमा सात खेलाडीसहित नेपाली टोलीमा २७ जना सदस्य छन् । 

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)मा आबद्ध दुई सय ६ राष्ट्रका १० हजार ६ सय खेलाडीले पेरिसमा प्रतिस्पर्धा गर्ने छन् । ३२ खेलमा १० हजार ७१४ खेलाडीले आ–आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । पेरिस ओलम्पिकमा ३२९ इभेन्ट्स हुनेछ । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ ।

प्रतिक्रिया