शुक्रबार, चैत २०, २०८२

बागमतीमा मन्त्रिपरिषदले पूर्णता पायो

मेरोन्यूज २०८१ साउन १२ गते १३:०९

काठमाडौँ । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसका तर्फबाट थप चार जना मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारकाले पूर्णता पाएको हो। यसअघि गत बुधबार मुख्यमन्त्री लामासँगै एमालेका ६ र कांग्रेसका तीन जना मन्त्रीले सपथ लिएका थिए। आज थप चार जना मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसकातर्फबाट श्यामबहादुर खड्का, हरिप्रभा खड्गी, मिनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र विमल ठकुरीलाई सपथ गराएका हुन्।


उनीहरुले क्रमशः खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। १४ सदस्यीय बनेको मन्त्रिपरिषदमा बुधबार नै विना विभागीय मन्त्रीको जिम्मेवारी लिएका मदुकुमार श्रेष्ठको जिम्मेवारी भने पछि तोकिने भएको छ।

यससँगै बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ र मन्त्री १४ पुगेका छन् । मुख्यमन्त्रीसहित कांग्रेसबाट ८ र एमालेबाट ६ जना मन्त्री बनेका छन् । यसअघि बिहीबार कांग्रेसका तर्फबाट चार जना मन्त्री थप गरी सपथ गराउने तयारी गरेपछि सत्ता साझेदार दल एमालेले असहमति जनाएको थियो । कांग्रेस भित्रै पनि मन्त्रालय बाँडफाँडको विषयलाई लिएर विवाद भएको थियो । त्यसवेला सहमतिको प्रयास असफल भएपछि सपथ कार्यक्रम नै रोकिएको थियो ।

प्रतिक्रिया