सडक विभाग परिसरमा सरसफाई तथा बृक्षारोपण

काठमाडौं । शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा काठमाडौंको बबरमहल स्थीत सडक विभाग परिसर सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बिभागीय कार्य समितिद्वारा आयोजित सडक बिभाग परिसर सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम अन्र्तगत सरसफाई तथा बृक्षारोपण गर्ने कार्य शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसका अवसरमा सम्पन्न गरेको हो ।
बिभागीय कार्यसमितिका अध्यक्ष प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला प्रमुख अतिथि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब गोपाल प्रसाद सिग्देल बिशिष्ट अतिथी तथा सडक बिभागका महानिर्देशक रामहरी पोखरेल र यातायात ब्यावस्था विभागका महानिर्देशक उद्धब प्रसाद रिजाल विशेष अतिथिका रुपमा सहभागी थिए । सो कार्यक्रममा मन्त्रालय र अन्तर्गतका सहसचिबहरु, उपसचिवहरु, ईञ्जिनियर, सब ईञ्जिनियर देखि सडकमा प्रत्यक्ष काम गर्ने लेन्थवर्कर समेत गरि एक सयभन्दा बढिको सहभागिता रहेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रिय अध्यक्ष कोइरालाले आफ्नो मन्तव्यको क्रममा भने – ‘बिभागीय कार्य समितिको सृजनात्मक कार्य प्रशंसा योग्य छ, आगामी दिनमा पनि यस्ता कार्यक्रम तथा कर्मचारीहरुको हकहितमा दत्तचित्त भएर लाग्न आग्रह गर्दछु ।’
उक्त कार्यक्रममा अतिथीलाई स्वागत गर्दै कार्यसमितिका अध्यक्ष खतिवडाले सरसफाई अभियान प्रतिकात्मक भएको अब कार्यालय परिसरको फोहोरसंगै मन्त्रालय भित्रका बिसंगतीहरुको सफाई गर्ने तर्फ संगठन अगाडि बढ्ने जानकारी दिँदै उपस्थितीकालागि सबैमा आभार ब्यक्त गरे । १ घण्टा भन्दा बढी चलेको कार्यक्रमको सञ्चालन बिभागीय कार्यसमितिका सचिब रामचन्द्र फुयालले गरेका थिए ।
संगठनले शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवस प्रत्येक श्रावण १५ गते मनाउँदै आएको छ ।




















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया