दुई बुँदे सहमतिपछि यातायात व्यवसायी गण्डकीको आन्दोलन फिर्ता

पोखरा । पोखराका आन्दोलनरत यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच सहमति भएको छ । सरकार र राइड सेयरिङको विरोध गर्दै व्यवसायीबीच आइतबार भएको वार्तामा सहमति भएको हो ।
वार्तामा व्यवसायीले सरकारलाई बुझाएको ज्ञापनपत्रलाई अध्ययन गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको सदस्यमा मुख्यमन्त्री कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि, यातायात मजदुरमध्येबाट एकजना छन् ।
समितिले १५ दिनभित्र प्राविधिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयलाई बुझाउनुपर्नेछ । योसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । यसअघि आइतबार व्यवसायीले विरोध प्रदर्शन गरेका थिए ।

















तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया