उच्च शिक्षालाई प्रतिष्पर्धी बनाउनुपर्नेमा शिक्षामन्त्रीको जोड

कीर्तिपुर (काठमाडौँ) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले शिक्षाक्षेत्रको बजेट बढाएर विश्वविद्यालय शिक्षालाई प्रतिस्पर्धी बनाउन आफू लागिपरेको बताएका छन् ।
विश्वविद्यालयको आज सम्पन्न सिनेट बैठकमा मन्त्री भट्टराईले शैक्षिक क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । आफूले लामो समयदेखि देशका कूल बजेटको २० प्रतिशत रकम शिक्षाक्षेत्रका निम्ति विनियोजन गर्नुपर्नेमा जोड दिँदै आएको बताए ।
उनले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जरुरी भएको विचार व्यक्त गर्दै विज्ञान तथा प्रविधि क्षेत्रलाई विशेष जोड दिने शैक्षिक प्रणाली अपरिहार्य भएको बताए । साथै उनले अन्वेषण अनुसन्धानमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
मन्त्री भट्टराईले विश्वविद्यालयका चारवटै अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गरिएको जानकारी दिए । “आगामी दिनमा यी केन्द्रलाई सरकारको ‘थिङ्क ट्याङ्क’का रूपमा विकास गर्नुपर्ने भएकाले त्यस दिशामा पनि कार्ययोजना बनाएर लाग्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।
सभाले त्रिभुवन विश्वविद्यालयको ६२औँ ‘ग्रेस लिष्ट’ पारित गरेको छ । उक्त लिष्टअनुसार अध्ययन पूरा गरी विभिन्न तहमा उत्तीर्ण भएका ७३ हजार नौ सय ९५ जना विद्यार्थी त्रिविको आगामी दीक्षान्त समारोहमा भाग लिन योग्य भएका छन् । परित गे्रस लिष्टअनुसार २०८० साल असार १ देखि २०८१ जेठ मसान्त सम्ममा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारीधि गरेका व्यवस्थापन सङ्कायका ३० हजार नौ सय ३६, शिक्षाशास्त्रतर्फ ११ हजार तीन सय १७ र मानविकीका १३ हजार ६ सय २६ विद्यार्थी छन् ।
सभाले आगामी आर्थिक वर्षका लागि रु २६ अर्ब १६ करोड ८७ लाख ३५ हजारको बजेट पनि पारित गरेको छ ।
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया