निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आज मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको भेटघाटमा उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए ।
स्वास्थ्यमन्त्री पौडेलले एकीकृत ढङ्गबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिए । ‘कतिपय प्रदेश र स्थानीय तहले फरक-फरक ढङ्गले काम गरिरहेका छन्, यसरी स्वास्थ्य क्षेत्र सुधार हुँदैन । तीन तहको समन्वयबाट मात्र स्वास्थ्य क्षेत्रको सुधार गर्न सकिन्छ । त्यसैले समन्वयका साथ एकीकृत रूपमा अगाडि बढ्नुपर्छ’, उनले भने ।
आधारभूत स्वास्थ्यलाई निःशुल्क गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको भन्दै मन्त्री पौडेलले अन्य रोगको उपचारको स्वास्थ्य बीमाबाट गर्ने गरी सबैलाई यसको दायरामा लाइने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य सेवाको सुधार मन्त्रालयले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेकोमा उनको जोड थियो ।
उनको भनाइ थियो,’आधारभूत स्वास्थ निःशुल्क गर्न र अन्य रोगको उपचार बीमाको दायरामा ल्याउनुपर्ने आवश्यकता छ । यसका अतिरिक्त स्वास्थ्य सेवा प्रभावकारी बनाउन र दक्ष जनशक्तिको प्रयोग कसरी गर्न सकिन्छ भनेर लागिरहेको छु । यसमा सबैको सहयोग आवश्यक छ ।’
कार्यक्रममा स्वास्थ्य पत्रकारहरूले जनताले अनुभूति गर्ने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिएका थिए । मञ्चका अध्यक्ष सरोज ढुङ्गेल, पत्रकार प्रविण ढकाल, रामप्रसाद न्यौपाने, भीसा काफ्लेलगायतले जनतालाई उपचार सेवालाई प्रभावकारी बनाउन, स्वास्थ्यमा देखिएका अनियमितता हटाउनुपर्ने सुझाव दिएका थिए।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया