शुद्ध खानेपानीको पहुँच पुर्याउने गरी काम गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आमनागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताए । उनले भने, ‘जनताको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुपर्छ, यस क्षेत्रमा आवश्यकपर्ने बजेटका लागि मैले पहल हरसम्भव प्रयास गर्नेछु ।’
मन्त्री यादवले जलवायु परिवर्तनलगायत कारण तराईलगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भन्दै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, आकाशे पानी परेका बेला पानी आउने गरे पनि फेरि चापाकल सुक्ने समस्या छ, पहाड, तराई र हिमालमा खानेपानीको समस्या छ’, उनले भने, ‘यस्ता समस्या समाधान गरी सबै क्षेत्रका जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो, त्यसैले सबै मिलेर काम गरौँ, पक्कै सफलता मिल्ने छ ।’
यसैगरी मन्त्री यादवले गरीब, निमुखा तथा दिनभरि मजदुरीगरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खोनेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गरे ।
















दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया