महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा
मेरोन्यूज
२०८१ साउन १६ गते २०:३९

महोत्तरी । बाढीले कटान गर्दा अवरुद्ध महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ। महोत्तरीमा पर्ने बेलगाछी पुल पश्चिमतर्फ हिजो राति बाढीले कटान गरेपछि राजमार्ग अवरुद्ध भएकोमा अहिले साँझ सडक मर्मत गरिएसँगै सञ्चालनमा आएको हो।
सडक भत्किएपछि ३० किलोमिटर लामो वैकल्पिक बाटो हुँदै राजमार्गमा सवारी साधन सञ्चालन गर्नुपरेको थियो। सडक मर्मतपछि एकतर्फि यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
मुख्य राजमार्गमा सडक बिग्रे वा भत्केमा तत्काल मर्मतका लागि सडक कार्यालयको समान्वयमा आवश्यक उपकरण र जनशक्ति सम्बद्ध तयारी अवस्थामा राखिएको प्रजिअ गेलालले बताए।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया