राष्ट्रियगान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

नवलपरासी । बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ ।
हरेक दिन ठीक १०ः०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रपतिसम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
प्रदीपकुमार राई (ब्याकुल माइला) को रचना तथा सङ्गीतकार अम्बर गुरूङको सङ्गीतमा देशका चर्चित कलाकारले सामुहिक रूपमा श्वाराङ्कन गरेका ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली।।’कार्यालयमा विद्युतीय उपकरणबाट बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी राष्ट्रिय गान गाउँछन् ।
राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठको बताउछन् ।
लुम्बिनी प्रदेशमा यस अगावै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक राष्ट्रिय गान साथै पालिका गान गाएर सेवा प्रवाह गर्दै आएको छ ।
















सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया