निरन्तर घट्दै पर्यटक आगमन, जुलाईमा यो वर्षकै कम
मेरोन्यूज
२०८१ साउन १७ गते १५:३१

काठमाडौं । नेपालमा मनसुन याम सुरु भएसँगै पर्यटक आगमन खस्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा सन् २०२४ कै सबैभन्दा कम पर्यटक आएका छन् ।
२०२४ को जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक भित्रिएका छन्। बोर्डका अनुसार जुलाईमा ६४ हजार ५९९ पर्यटक भित्रिएका हुन्।
जुलाईमा सबैभन्दा बढी २१ हजार ४९१ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ७ हजार ८४६, चीनबाट ६ हजार ८१९ पर्यटक आएका छन्।
त्यस्तै, बेलायबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक हजार ९०१ र साउथ कोरियाबाट एक हजार ५३७ पर्यटक भित्रिएका छन्।
अघिल्लो वर्ष जुलाईमा ५७ हजार ७ सय २६ पर्यटक नेपाल आएका थिए । २०२३ को तुलनामा भने यो महिना पर्यटक आगमन केही बढेको देखिन्छ ।
सम्बन्धित
















Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया