धानमा फेद कुहिने रोग

ढोरपाटन (बागलुङ) । बागलुङमा धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् । धान रापेको एक महिनामै फेद कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका छन् । धानको फेद कुहिने डाँठ पहेँलो भएर सुक्ने गरेको छ । धान गोड्ने बेलामा फेद कुहिन थालेपछि कृषि ज्ञान केन्द्रबाट प्राविधिकको टोलीनै खटिएको छ ।
जिल्लाको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको ठूलो क्षेत्रमा लगाइएको धानबाली कुहिएर नष्ट नहुन थालेको हो । किसानले धान कुहिएर नष्ट हुन थालेपछि कृषि ज्ञान केन्द्रलाई गुहारेका छन् । प्राविधिकको टोली खेतमै पुगेर रोगको पत्ता लगाई नियन्त्रण गर्न थालिएको कृषि ज्ञान केन्द्र बागलुङका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिए । धान मर्न थालेको किसानको गुनासो आएपछि नियन्त्रणमा लागेको उनले बताए । बागलुङ नगरपालिका–१२, १३ र १४ र जैमिनी नगरपालिकाको अधिकांश क्षेत्रमा फेद कुहिने रोग लागेको छ ।
रोगको पहिचान भएपछि किसानलाई ढुसीनाशक विषादी ‘कार्वन्डा’ प्रयोगका लागि सुझाएको भन्दै यो गरो नियन्त्रणका लागि पालिकासँग समन्वय गरेर लागेको उनि बताउछन् । रोग नियन्त्रणका लागि एक रोपनी जग्गामा २५ देखि ३० लिटर कार्वन्डा हाल्नुपर्ने अधिकारीले जानकारी दिए । यस रोगको समाधान नभए उत्पादनमा ५० प्रतिशत ह्रास आउने उनि बताउछन् ।
उनले भने, “किसानको गुनासो आएपछि हामी सम्बन्धित ठाउँमा पुगेर अध्ययन गरिरहेका छौँ, जहाँ पुगेका छौँ, त्यो ठाउँमा एकै नाशको लक्षण देखिएको छ, यो फेद कुहिने रोग हो, बलेवा, पैयूँपाटा, सिगाना क्षेत्रमा बढी देखिएको छ, जैमिनीको ५० प्रतिशत क्षेत्रमा लगाएको धानमा यो समस्या छ, रोग समयमै नियन्त्रण भएन भने उत्पादनमा धेरै गिरावट आउने देखिन्छ ।”
गत असार दोस्रो साता लगाएको धान अहिले पूरै मर्न थालेको बागलुङ नगरपालिका–१२ का प्रेमप्रसाद शर्मा पौडेलले बताए । फेद कुहिने रोगले धान सखाप भएको र यसको समाधान नभए बिउसमेत जोगाउन मुस्किल पर्ने उनको भनाइ छ । एक हप्ता अगाडिसम्म पानी लगाउँदै आएको र राम्रोसँग जाग्दै गएपछि केही दिनदेखि कुहिने समस्या आएको पौडेल बताउछन् । धेरै वर्षपछि धानमा यो समस्या देखिएको उनले बताए ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया