रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान

काठमाडौँ । अमेरिकासहितका पश्चिमी देश र रुसबीच कैदी आदानप्रदान भएको छ । मिडिया रिपोर्टका अनुसार यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकसहित विभिन्न ७ देशबाट २६ कैदी रिहा भएका छन् ।
अमेरिकासहित पश्चिमी देश र रुसबीच कैदी आदान प्रदानको सहमति टर्कीको मध्यस्थतामा भएको हो । बिभिन्न देशबाट २ नाबालिकसहित १० कैदीलाई रुस पुर्याइएको छ भने १३ कैदीलाई जर्मनी र ३ कैदी अमेरीका पुरियाईएको छ ।
रुसले रिहा गरेका अमेरिकी नागरिकमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, मरिन पल ह्वेलन र रुसी-अमेरिकी रेडियो पत्रकार आल्सु कुर्मशेवा रहेका छन् । भेलान र गेर्शकोविच दुवै जासुसीको आरोपमा रुसमा जेल परेका थिए । अमेरिकाले पनि यी गिरफ्तारीको विरोध गर्दै आएको थियो । कुर्मशेवा एक अमेरिकी र रुसी नागरिक हुन् जसलाई रुसी सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा जुन २०२३ मा रुसमा हिरासतमा राखिएको थियो ।
संयुक्त राज्य अमेरिका, रुस, जर्मनी र अन्य तीन युरोपेली देशहरूबीच भएको यो सम्झौताअनुसार कुल २६ जनालाई रिहा हुनेक्रममा टर्कीको अन्करा पुर्याइएको थियो ।
त्यस्तै जर्मनीको हिरासतमा २०१९ देखि रहेका रुसी इन्टेलिजेन्सका कर्नेल भाडिम क्रासीकोभलाई पनि रिहा गरिएको छ ।
यस अघि अमेरिका र रुसबीच कैदीको सबैभन्दा ठूलो आदानप्रदान सन् २०१० मा भएको थियो, जब रुसका लागि जासुसी गरेको आरोपमा अमेरिकामा १० जना पक्राउ परेका थिए । त्यसपछि यी १० कैदीलाई भियना विमानस्थलमा अन्य चार बन्दीसँग साटासाट गरिएको थियो ।














देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया