महोत्तरीमा मसलाको रुख हटाउन पालिकाहरु अग्रसर वन्दै

महोत्तरी । मसलाको रुखले भुमिगत पानीमा असर पारेको निष्कर्ष सहित महोत्तरीका पालिकाहरुले धमाधम निरुत्साहित गर्ने नीति वनाएका छन ।
उत्तरी क्षेत्रमा वृक्षारोपण गर्दा मसलाको विरुवालाई पुर्णरुपमा निषेध गरिएको छ भने भएका रुखहरुलाई हटाउने अभियान नै चलाईएको छ ।
बर्दिवास मेडिकल कलेज निर्माणार्थ १९ हजार ६ सय ७० बिरुवा रोप्दा पनि मसलाको विरुवालाई सर्वसाधारणको अनुरोधमा निषेध गरिएको मेडिकल कलेज पुर्वाधार विकास आयोजना प्रमुख देवि सुवेदिले वताए ।
निर्माणस्थलमा काटिने १९६७ रुखको सट्टामा १० गुणा बिरुवा रोप्ने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने क्रममा मसलाको विरुवाहरुलाई निषेध गरिएको प्रमुख सुवेदीको भनाई छ ।
सवैभन्दा बढी रुख भएको क्षेत्र पनि जिल्लाको उत्तरी क्षेत्र गौशाला र बर्दिवास नगरपालिकामा नै हो । सागरनाथ वन परियोजना अन्तर्गतका वन, सामुदायिक वन र साझेदारी वनहरुमा २० औ हजार मसलाका रुखहरु अहिले पनि छन ।
छिटो हुर्कने र आयआर्जनका हिसावले किसानहरुको निजि जमिनमा समेत लगाईएको यो रुखले भुमिगत पानी सखाप वनाएको भन्दै किसानहरु स्वयमले नगरको न्यायिक समितिमा निवेदन दिने गरेको पालिकाहरुले जनाएका छन ।
यसै अनुरुप बर्दिवास नगरपालिकाले यसअघिको नगरसभावाट मसलाको रुखलाई पुर्णरुपमा निरुत्साहित गर्ने नीति नै वनाएको छ । मेडिकल कलेज निर्माणार्थ बिरुवा रोप्दादेखी नै उक्त नितिलाई कार्यान्वयन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री वताउछन ।
किसानहरुको अनुभवसहित आएका निवेदनहरुलाई आधार वनाएर जिल्लाको दक्षिणी क्षेत्रका पालिकाहरुले समेत विस्थापन गर्ने अभियान चलाएका छन ।
यस्को सुरुवात मनरासिस्वा नगरपालिकाले गरेको छ । पालिकाले किसानहरुलाई ३ महिनाको समायावधी समेत दिएको छ । निजि जमिनमा रहेका मसला(सपेता) को रुखलाई हटाएर अन्य प्रजातिका बिरुवा रोप्न सुचना जारी गरेको छ ।
मधेश प्रदेश लगायत पालिकामा भुमिगत पानीमा समस्या र जमिन बन्झर्ट बनाउन यहीँ रुखले सहयोग पुर्याएको निष्कर्ष सहित तुरुन्त विस्थापन गर्न सुचनामा निर्देशन दिएको छ ।
पालिकाको १२ औ नगरसभाले समेत मसलाको रुख पुर्णरुपमा निषेध गर्ने नीति वनाएको थियो ।
यो रुखको विषयमा भुमिगत पानीको सतह सखाप वनाउने मुख्य कारक भएको दावी गरिएतापनी केही विज्ञहरुले भने यस्मा फरक मत राख्दै आएका छन ।










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया