सङ्खुवासभाका २ हजार बढी निःशुल्क सेवाबाट लाभान्वित

किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला अस्पतालमा सामाजिक सेवा एकाइबाट २ हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन् ।
जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार उपचारमा सामाजिक सेवा एकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट प्राप्तिको प्रावधान छ । स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न वर्गका बिरामी एकाइको सहयोगबाट लाभान्वित भएका छन् । एकाइमार्फत एकमा दुई हजार छ सय ३० जनाले सेवा लिएका छन् ।
सामाजिक सेवा एकाइमार्फत एक हजार सात सय ७२ जना ज्येष्ठ नागरिक, अति गरिब छ सय २२, लैङ्गिक हिंसापीडित ७८ र थुनुवा कैदी ४४, अपाङ्गता भएका ५१, असाहय २४ र अन्य ३१ जनासहित दुई हजार छ सय ३० जनाले उपचार सेवा लिएको सूचना अधिकारी खत्रीले बताए ।
सामाजिक सेवा एकाइमार्फत प्रदान गरिएको उपचार सेवामा अस्पतालको रु २८ लाख १२ हजार नौ सय ३७ खर्च भएको अस्पतालले जनाएको छ । यो अस्पतालमा एक वर्षमा ६३ हजार छ सय जनाले सेवा लिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट गत आवमा १८ हजार ८६ जनाले सेवा लिएका थिए ।







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया