प्युठानमा एकै परिवारका ३ जनामा हैजा सङ्क्रमण
मेरोन्यूज
२०८१ साउन १८ गते १४:२४

स्वर्गद्वारी (प्युठान) । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् ।
गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
“जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो”, उनले भने। गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो । उनीहरुको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया